शुक्रवार, चैत्र २५ २०७८
चैत, २५/ काठमाडौ - नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरेर कमाउने धन्दा चलिरहेको बताएका छन। नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै ओलिले नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।
उनले स्वास्थ्य तथा इन्जिनियर शिक्षा पढाउनका लागि बनाइएका कलेजलाई अनुमति अनुमति नदिइ शिक्षाको ब्यपार गरिरहेको बताए। ओलिले भने 'नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो तर विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुहले त्यसलाई राेक्न लागेका छन्।'
अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन्, इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’