Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली सेनाद्वारा उपप्राध्यापक लगाएत पदहरुमा दर्खास्त आह्वान । (बिज्ञापन सहित)

नेपाली सेनाद्वारा उपप्राध्यापक लगाएत पदहरुमा दर्खास्त आह्वान । (बिज्ञापन सहित)

  • 659
    SHARES

  • नेपाली सेनाद्वारा उपप्राध्यापक लगाएत पदहरुमा दर्खास्त आह्वान । (बिज्ञापन सहित)

    चैत,२८/ काठमाडौ - नेपाली सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले उपप्राध्यापक लगाएत विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। जंगी अड्डाले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागि दर्खास्त आह्वान गरेको हो।

    उमेदवारले २०७९ जेठ १५ गते ४ बजे भित्र आवस्यक प्रमाणपत्र बुझाइ आवेदन दिन सक्नेछन।

    लेखा हेर्ने एक, सूचना प्रविधि सहायक एक, चिकित्सा शिक्षा महाविद्यालय भण्डारखालका लागि उपप्राध्यापक एक र कलेज अफ मेडिकल पोलिटेक्निकका लागि उपप्राध्यापक दुई र सहायक प्राध्यापक दुई जना आवश्यक परेको उल्लेख छ।

    यस्तै नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङका लागि उपप्राध्यापक तीन, भान्छे र कुचीकार एकेक जना आवश्यक परेको छ।

    सैनिक आवासीय महाविद्यालय भक्तपुर र धरानका लागि शिक्षक र प्रिन्सीपलसमेत आवश्यक परेको सूचनामा उल्लेख छ। सैनिक आवासीय महाविद्यालय पोखराका लागि दुई जना वेटरसमेत आवश्यक परेको छ। यस्तै माली, औषधि वितरक, पियनलगायत पदमा पनि दरखास्त खुला गरिएको छ।

    यस्तो छ बिज्ञापन

     

    images
    सोमवार, चैत्र २८ २०७८०७:०९:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार