बुधवार, चैत्र ३० २०७८
चैत, ३० / काठमाडौ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डिनको कार्यालयले एलएलबी (LLB) प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ। बिश्वबिद्धालयले शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीकाहरुका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।
प्रवेश परिक्षाका लागि २०७९ वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म एलएलबी पठनपाठन हुने क्याम्पसमा आवेदन फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।
त्रिभुवन बिश्वबिद्धालयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुले समेत फारम भर्न सक्नेछन्। प्रवेश परीक्षा फारम शुल्क रु. १२०० लाग्ने छ।
प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।
यस्तो छ सूचना ।
