शनिवार, बैशाख ३ २०७९
बैशाख , ३ / काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा तालिका प्रकाशित गरेको छ। परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले २०७९ सालमा संचालन हुने कक्षा १२ को परिक्षा तालिका प्रकाशित गरेको हो।
कक्षा १२ को साधारण, संस्कृत तथा प्राबिधिक बिषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित, ग्रेडवृद्धि एबं आंसिक परिक्षार्थीहरुको बार्षिक परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड आपनाइ भौतिक उपस्थितिमै संचालन गर्ने जनाएको छ।
परीक्षा मिति २०७९ जेठ १६ गते सोमवार ११:०० देखि २:०० बजे सम्म संचालन हुनेछ।


