Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी परिक्षा दिदै।

एसईईको तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी परिक्षा दिदै।

  • 988
    SHARES

  • एसईईको तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी परिक्षा दिदै।

    बैशाख, ५/ काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी पुरा गरेको छ। देशभर ५ लाख १४ हजार ६७० परिक्षार्थि सहभागी हुने एसईई परिक्षा को तयारी पूरा गरेको हो।

    यस वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जानकारी दियो । बोर्डका अनुसार देशभरका ११ हजार ६१५ नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी प्राविधिक तर्फका मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

    त्यसैगरी यस पटक ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीसमेत दुई वर्षअघिका परीक्षार्थी सहभागी हुँदै आएका छन् । विगत दुई वर्ष सम्म आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर नपाएका विद्यार्थी यो वर्ष ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदैछन् ।

    एसईई परिक्षाकालागी बोर्डले देशभर २ हजार परिक्षा केन्द्र निर्धारण गरेको जनाएको छ। यस बर्ष प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई परीक्षा गर्ने बोर्डले जनाएको छ।

    बोर्डका अनुसार प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको छ भने परिक्षालाई मर्यादित बनाउन परिक्षाकेन्द्रमा खटाइने केन्द्राध्यक्ष नियुक्त समेत गरिसकेको बताइएको छ।

    विगतका दुई वर्ष सम्म कोरोना महामारीका कारण विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले  यो वर्ष भने भौतिक उपस्तिथिमा आफैं परीक्षा सञ्चालन गर्दै छ ।

     

    images
    सोमवार, बैशाख ५ २०७९०७:२९:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार