Jul 27 2026 | २०८३, श्रावण ११ गते

मनाङमा एसईई परीक्षा दिने सबैभन्दा कम ४३ र काठमाडौमा सबैभन्दा बढी ।

मनाङमा एसईई परीक्षा दिने सबैभन्दा कम ४३ र काठमाडौमा सबैभन्दा बढी ।

  • 745
    SHARES

  • मनाङमा एसईई परीक्षा दिने सबैभन्दा कम ४३ र काठमाडौमा सबैभन्दा बढी ।

    बैशाख, ८ / काठमाडौ - हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङ जिल्लामा शैक्षिकसत्र २०७८/७९ को माध्यामिक शिक्षा परिक्षा (एसईई) दिने ४३ जना विद्यार्थी सहभागी हुने भएका छन।

    देशैभरी मध्य सबैभन्दा कम परिक्षार्थि भएको मनाङमा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुने भएका हुन् ।

    त्यसैगरी मुस्ताङमा भने १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् ।

    राष्ट्रिय परिक्षा बोर्डले जनाए अनुसार सबैभन्दा बढी काठमाडौमा ३६ हजार विद्यार्थीले परीक्षा दिनेछन् भने त्यसको लागी १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ । त्यसै गरी ३ सय ३४ विद्यालय रहेको ललितपुरमा ३४ केन्द्र कायम गरिएको छ । ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी छन् । भक्तपुरमा १ सय ९५ विद्यालयको २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् ।

    बोर्डले जनाए अनुसार कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् ।

    राष्ट्रिय परिक्षा बोर्डले जनाए अनुसार एसईई परीक्षामा जापानमा सञ्चालित एभरेस्ट स्कुलबाट १९ जना विद्यार्थीले परीक्षा दिँदैछन् । त्यसै गरी यो वर्षको एसईई परीक्षामा नेपालमा अध्ययनरत् ५ जना विदेशी विद्यार्थी पनि सहभागी हुँदैछन् ।

    यस बर्षको एसईई परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ ।

     

    images
    बिहिवार, बैशाख ८ २०७९०९:३२:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार