शुक्रवार, बैशाख ९ २०७९
बैशाख, ९ काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को आंसिक ग्रेड वृद्धि परिक्षाको समय तालिका प्रकाशित गरेको छ। परिक्षा नियन्त्रण कार्यलय सानोठिमिले २०७९ सालमा संचालन हुने कक्षा ११ को परिक्षाको समय तालिका प्रकाशित गरेको हो।
राष्ट्रिय परिक्षा बोर्डद्वारा कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत बिषय समूह सहित) तथा प्राबिधिक बिषय समुहका ग्रेड वृद्धि एबं आंसिक परिक्षार्थीहरु बार्षिक परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ मापदण्ड पालना गरि संचालन हुने जनाएको छ।
परीक्षा २०७९ जेठ २९ गते देखि असार ६ गतेसम्म संचालन हुने जनाइएको छ। परिक्षा समय बिहाना ८ देखि ११ बजे सम्म हुनेछ।
