सोमवार, बैशाख १२ २०७९
बैशाख, १२/ काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने म्याद पुन थप गरेको छ। केन्द्रले छात्रवृत्ति फारम भर्न वैशाख ३१ सम्म गरिएको बारे सबै सामुदायिक विद्यालयहरूलाई पत्र पठाएको हो।
आर्थिक बर्ष २०७८/७९ मा सामुदायिक बिद्यालय माध्यामिक तह कक्षा ८-१२ सम्म अध्यायनरत विद्यार्थीलाई बिपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र १० का विद्यार्थीले PTM फारम भर्न सम्बन्धित बिद्यालयले भराउन मिति २०७८ चैत १ गतेको सुचना अनुरुप २०७८ चैत ३० गते सम्म म्याद राखी सुचना प्रकाशित गरिएकोमा हाल सम्म बिद्यालय बाट विवरण आउने क्रम जारी रहेकोले बढी भन्दा बढी विद्यार्थीको फारम भर्न २०७९ बैशाख ३० गते सम्म म्याद थप गरिएको जनाइएको छ।
फारम भर्न बाँकि विद्यार्थी तथा बिद्यालयले शिक्षा तथा मानव स्रोत बिकासकेन्द्र को वेबसाईट www.cehrd.gov.np वा https://iemis.cherd.gov.np मा log in गरि PTM Templet मा गइ फारम भर्न सकिने जनाइएको छ।
