Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न निर्देश।

शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न निर्देश।

  • 4.0K
    SHARES

  • शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न निर्देश।

    बैशाख, १६- काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले नयाँ शैक्षिक सत्र (२०७९) को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन निर्देशन दिएको छ।

    केन्द्रले "सबै बालबालिका बिद्यालय पठाउ, शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गरौ " नाराका साथ बिद्यालय उमेर समुहको बालबालिकालाई बिद्यालय भर्ना गराइ शिक्षा सम्बन्धि मौलिक अधिकार सुनिस्चित गर्नको लागि नयाँ शैक्षिक गतिबिधी गर्न निर्देशन दिएको हो।

    शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले सबै शिक्षा बिकास तथा समन्वय इकाइ, स्थानिय तह र बिद्यालयहरुलाइ विद्यार्थी भर्ना सहजिकरण गर्न आ-आफ्नो जिम्मेवारी पुर गर्नुपर्ने जनाएको छ।

    विद्यार्थी भर्ना गर्न शिक्षा बिकास समन्वय इकाइले जिल्ला भित्रका स्थानिय तह तथा बिद्यालयलाई आवश्यक सहयोग र सहजीकरण गर्न निर्देशन दिएको छ।

    त्यसरिगरी स्थानिय तहले शैक्षिक बर्ष २०७९ को भर्ना बैशाख महिना मै संचालन गर्ने ब्यबस्था मिलाउनु पर्ने, स्थानिय तहको शिक्षा साखाको एक जना कर्मचारीलाई सम्पर्क ब्यक्ति तोकि सुचना, समन्वय र सहजीकरण गर्नुपर्ने जनाएको छ।

    केन्द्रले विद्यार्थी भर्ना अभिताम बारे विभिन्न मिडिया, अनलाइन रेडियो मार्फत सकेसम्म स्थानीय भाषामा सचेतना मुलक सूचना, बिज्ञापन प्रसारण गर्न ब्यबस्था मिलाउन समेत सबै स्थानिय तहलाइ अनुरोध गरेको छ।

    केन्द्रका अनुसार बिद्यालय भर्ना सकेपछी स्थानिय तहले आफ्नो क्षेत्रका सत प्रतिशत बालबालिका समयमै भर्ना गराइ सकिएको र बाहिर बालबालिका नभएको स्वघोषणा गर्नुपर्ने बताएको छ।

    केन्द्रले बिद्यालय ब्यबस्थापन को बैठक बाट निर्णय गरि कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम बैशाख भित्र संचालन गर्न सबै बिद्यालयहरुलाइ निर्देशन दिएको छ। बिद्यालय भर्ना हुन आउने बालबालिकालाइ तत्काल भर्ना गरि नि: शुल्क पाठ्यपुस्तक बितरण गर्नुपर्ने जनाएको छ।

    शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन सम्बन्धमा सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई अत्यन्त जरुरी सूचना

    FB_IMG_1651194322506.jpg

    images
    शुक्रवार, बैशाख १६ २०७९०७:४४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार