शुक्रवार, जेठ १३ २०७९
जेठ, ११ काठमाडौ- नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयको निर्देशन अनुरुप बिद्यालय सातामा दुई दिन बिदा दिने निर्णय अर्को ब्यबस्था नभएसम्म कार्यन्वयन नगर्ने भएको छ। काठमाडौ गोकर्णेश्वर र तारकेश्वोर नगरपालिकाले शनिवार र आइतवार परिक्षणको रुपमा दुई दिन बिदा गर्न नसकिने जनाएको हो।
नगरपालिकाले शिक्षक, सरोकारवालाहरु, बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधिहरु सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक, पेशागत संगठनका प्रतिनिधि समेतको उपस्थितिमा छलफल गरि शैक्षिकसत्र एक महिना ढिलो गरि शुरु भएको कारणले पाठ्यघण्टा र कार्यघण्टा नपुग्ने हुदा सातामा दुई दिन बिदा दिने निर्णय अर्को ब्यबस्था नभएसम्म कार्यन्वयन गर्न नसकिने जनाइएको छ।
यसअघि देशै भरिका विभिन्न स्थानिय निकायले सातामा दुई दिन (आइतवार) बिदा दिन नसकिने निर्णय गरेका छन।

