Jul 27 2026 | २०८३, श्रावण ११ गते

भौतिक संरचना बनिसक्दा समेत नीति तथा कार्यक्रममा समेटिएन गेटा मेडिकल कलेज।

भौतिक संरचना बनिसक्दा समेत नीति तथा कार्यक्रममा समेटिएन गेटा मेडिकल कलेज।

  • 832
    SHARES

  • भौतिक संरचना बनिसक्दा समेत नीति तथा कार्यक्रममा समेटिएन गेटा मेडिकल कलेज।

    जेठ, १३ धनगढी । अर्बौ रुपियाको लगानिमा निर्माण सम्पन्न भैसक्दा समेत धनगढी स्थित गेटा मेडिकल कलेज संचालन गर्न सरकारको निति तथा कार्यक्रममा समेटिएको छैन। सात वटै प्रदेशमा मेडिकल कलेज संचालन गर्ने सरकारको योजना भएपनी यस पटक सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज संचालन गर्न उदासिन देखिएको हो।

    नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नराखिएको विरोधमा कैलालीको धनगढी र अत्तरियामा स्थानिय जनता द्वारा हस्ताक्षर संकलन गर्दै आन्दोलन सुरु भएको छ ।

    पूर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेजको सट्टा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको गर्ने विषय समेटिनुले यहाँका नागरिक अगुवाले आशंका गरेका छन् ।

    गेटा मेडिकल कलेज संचालनका लागि दवाब दिन स्थानिय जनता र नागरिक अगुवाकर्मिले छुट्टाछुट्टै संघर्ष समिती बनाइएको छ ।

    धनगढीको र अत्तरियाको संघर्ष समितिले मेडिकल कलेज सञ्चालनका लागि दबावस्वरुप हस्ताक्षर संकलनका साथै मेयर गोपाल हमाल र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र सेत बुुझाएका छन्।

    आन्दोलनरत नागरिकले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नु राम्रो भएपनि गेटामा भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालनको घोषणा नहुनु विडम्बना भएको बताए।

    गेटा मेडिकल कलेज सञ्चालन संघर्ष समिति अत्तरियाका संयोजक लोकराज पाण्डेले भौतिक संरचना निर्माण भइसकेकाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन हुनुपर्ने बताए ।

    उनले भने ‘डडेल्धुरामा मेडिकल कलेज बन्दा हामीलाई कुनै आपत्ति छैन त्यो राम्रो कुरा हो तर भौतिक संरचना निर्माण भइसकेको गेटामा सञ्चालन गर्न ढिलाइ किन भइरहेको हो ?’, उनले भने ‘यहाँ तत्काल अस्पताल र चिकित्सा शिक्षाको अध्यापन थाल्नुुपर्छ भन्ने हाम्रो माग छ ।

    संघर्ष समितिको संयोजकले यो माग शीघ्र सम्बोधन भएन भने हामी जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।

    हाल कलेज भवनको निर्माण सकेर २०७७ सालको फागुनमा र अस्पताल भवन एक वर्षअघि हस्तान्तरण भएका छन् ।

     

    images
    शुक्रवार, जेठ १३ २०७९११:२९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार