Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रबिधिको अध्यायन अनुसन्धान गर्न पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौता ।

प्रबिधिको अध्यायन अनुसन्धान गर्न पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौता ।

  • 701
    SHARES

  • प्रबिधिको अध्यायन अनुसन्धान गर्न पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौता ।

    जेठ, २२ काठमाडौ - पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    दुबै संस्थाबीच बिज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा विभिन्न शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले सझदारीपत्रमा हस्ताक्षर भएको हो।

    समझदारी पत्रमा भनिएको छ, वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान भइ विभिन्न विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिन बताइएको छ।

    त्यसैगरी समझदारी पत्रले दुवै  संस्थालाई  संयुक्त रूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दीगो शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ।

    समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।  

     

    images
    आइतवार, जेठ २२ २०७९०८:२१:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार