Oct 02 2026 | २०८३, आश्विन १६ गते

मधेस प्रदेशको नीति कार्यक्रम, कक्षा १२ पढ्ने छात्रालाइ ल्यापटप बितरण गर्ने।

मधेस प्रदेशको नीति कार्यक्रम, कक्षा १२ पढ्ने छात्रालाइ ल्यापटप बितरण गर्ने।

  • 618
    SHARES

  • मधेस प्रदेशको नीति कार्यक्रम, कक्षा १२ पढ्ने छात्रालाइ ल्यापटप बितरण गर्ने।

    जेठ २२, काठमाडौ - मधेश प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्राहरुलाई ल्यापटप बितरण गर्ने घोषणा गरेको छ । प्रदेश सभा सचिवालयमा आज प्रदेश प्रमुख हरिशंकर मिश्रले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो निर्णय गरेको हो।

    सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति सहित उनले सो घोषणा गरेको बताइएको छ।

    त्यस्तै नीति तथा कार्यक्रममा सामुदायिक महाबिद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बस्तुपरक मापदण्ड निर्धारण गरि नतिजामा आधारित सहयोग कार्यक्रम गरिने उल्लेख गरिएको छ।

    निति तथा कार्यक्रममा सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । र साइकल किन्ने रकम समेत सिधै विद्यालयमा पठाउने नीति लिएको छ ।

    मटिहानी संस्कृत विद्यालयलाई संस्कृत विषयक अन्तर्राष्ट्रिय स्तरको अध्ययन र अनुसंधान केन्द्रको रुपमा विकसित गर्न तथा मटिहानिलाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार,कानूनी व्यवस्था र संस्थागत् व्यवस्था गरिने र प्रत्येक जिल्लाका एक एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालयहरुसँग व्यवस्थापकीय सम्झौता गरिने उल्लेख गरिएको छ। त्यस्तै आवश्यकता अनुसार भौतिक तथा समाजिक पूर्वाधार निर्माण एवम् क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    त्यसैगरी निति तथा कार्यक्रममा विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि तथा स्थानीय भाषाहरुको प्रयोग गरी टेली शिक्षा प्रणालीकोसुरुवात गरिने, नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेश भित्र रहेका विद्यालयहरुको भौतिक तथा अन्य पूर्वाधारहरुलाई क्रमिक रुपमा विकास गर्दै लाने, गुणस्तरीय शिक्षाको लागि संघीय सरकार र स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ।

    सामाजिक रुपान्तरण तथा लैङ्गकि सशक्तीकरणकालागी मुख्य मन्त्री "बेटि पढाउ, बेटि बचाउ" अभियान अन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोकसेवा आयोगको तयारीकक्षा,साइकल बितरण लगाएत छोरिमाथी समाजमा रहेका बिभेदको अन्त्यको लागि विभिन्न कार्यक्रम संचालन हुँदै आएकोमा यी सम्पुर्ण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएकोछ।

    Screenshot_20220605-202221_Facebook.jpg

    images
    आइतवार, जेठ २२ २०७९०९:११:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार