Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि तथा बन विश्वविद्यालयका विद्यार्थी अध्यायनको लागी इजरायल जाँदै ।

कृषि तथा बन विश्वविद्यालयका विद्यार्थी अध्यायनको लागी इजरायल जाँदै ।

  • 703
    SHARES

  • कृषि तथा बन विश्वविद्यालयका विद्यार्थी अध्यायनको लागी इजरायल जाँदै ।

    जेठ, २३  काठमाडौं - कृषि तथा वन विश्वविद्यालय (AFU) मा स्नातक तह (B.Sc.Ag.) अध्ययनरत विद्यार्थीहरु इजरायल जाने भएका छन् ।

    एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा बिश्वबिद्धालयका विद्यार्थी एग्रिकल्चर वर्क-स्टडी (Agriculure Work- Study) कार्यक्रम अन्तर्गत इजरायल जान लागेका हुन।

    यसका लागि विश्वबिद्यालयका विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा. शिवचन्द्र ढकालको संयोजकत्वमा छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट समेत गरिसकेको छ ।

    यसअघि विद्यार्थीलाई इजरायल पठाउन विश्वविद्यालयका सङ्काय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट आवेदन माग गरिएको थियो ।

    ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका र त्यसमध्ये १६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए । छनोट भएका विद्यार्थीहरु मध्य अन्तवार्तामा सहभागी १२५ जनाबाट एक सय छनोट गरी २५ जनालाई बैकल्पिकमा राखिएको छ ।

    नेपालका लागि इजरायलका राजदूत हनान गोडर र इजरायलका लागि नेपालका राजदूत डा कान्ता रिजालको उपस्थितिमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो । बिश्वबिद्धालयका अनुसार ती विद्यार्थी ११ महिना इजरायल बस्ने छन् । त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ ।

    काम गरेबापत एक जना विद्यार्थीले रु १२ लाख हाराहारी रकमसँगै प्रविधि र सिप लिएर आउने विश्वविद्यालयको अपेक्षा रहेको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सीप र रकम लिएर फर्कने विद्यार्थी यहाँ आएपछि एकल र समूहगत रुपमा काम गर्न सक्नेछन् ।

    स्नातक अन्तिम वर्षको परीक्षा दिएर जाने ती विद्यार्थीले फर्किएपछि मात्र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन् । विद्यार्थी त्यहाँ नबसुन् भन्नका लागि शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले रोकेर राख्न लागेको हो ।

    कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि यो कार्यक्रम अघि बढाइएको उनी बताउँछन् । पहिलो पटक विश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो । साउनको अन्तिम सातासम्ममा विद्यार्थी जाने गरि तयारी गरिएको छ । रासस

     

    images
    सोमवार, जेठ २३ २०७९०७:०५:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार