Jul 27 2026 | २०८३, श्रावण ११ गते

सीटीईभीटीको अनुमति दुरुपयोग गर्ने प्रशिक्षण संस्था सिलबन्दी, अनधिकृत सीप प्रमाणीकरण गरेको आरोप

सीटीईभीटीको अनुमति दुरुपयोग गर्ने प्रशिक्षण संस्था सिलबन्दी, अनधिकृत सीप प्रमाणीकरण गरेको आरोप

  • 183
    SHARES

  • सीटीईभीटीको अनुमति दुरुपयोग गर्ने प्रशिक्षण संस्था सिलबन्दी, अनधिकृत सीप प्रमाणीकरण गरेको आरोप

    काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षण सञ्चालनको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको एक प्रशिक्षण संस्थाको कार्यालय सिलबन्दी गरिएको छ।

    बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट मा अनुगमन गरी कार्यालय सिलबन्दी गरेको हो।

    वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउँदै आएको गुनासोपछि संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन र अनुमति सर्तहरूको गम्भीर उल्लङ्घन गरेको भेटिएको जनाइएको छ।

    FB_IMG_1784774672650.jpg

    सीटीईभीटीबाट केवल सीप प्रशिक्षण सञ्चालनको अनुमति पाएको संस्थाले सीप परीक्षण तथा प्रमाणीकरण गर्ने अधिकार आफूखुसी प्रयोग गरेको पाइएको छ। साथै, अनुमति प्राप्त विधाभन्दा फरक विषयमा समेत तालिम सञ्चालन गर्दै आएको अनुगमनमा खुलेको छ।

    अनुगमन टोलीले संस्थाको कार्यालय सिलबन्दी गर्नुका साथै आवश्यक कागजात र प्रमाणपत्रहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। सम्बन्धित कागजातहरूको अध्ययन तथा अनुसन्धानपछि संस्थाविरुद्ध थप कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

    images
    बिहिवार, श्रावण ७ २०८३०८:३१:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार