Oct 02 2026 | २०८३, आश्विन १६ गते

सरकारले गर्‍यो आइतवार दिइदै आएको बिदा खारेज ।

सरकारले गर्‍यो आइतवार दिइदै आएको बिदा खारेज ।

  • 669
    SHARES

  • सरकारले गर्‍यो आइतवार दिइदै आएको बिदा खारेज ।

    जेठ, २३ काठमाडौ - नेपाल सरकारले आइतवार बिदा दिने निर्णय खारेज गरेको छ। परिक्षणको रुपमा हप्तामा दुई दिन बिदा दिने घोषणा गरेको सरकारले असार १ गते देखि लागु हुने गरि यस्तो निर्णय गरेको हो।

    सोमवार दिउँसो बसेको नेपाल सरकार तथा मन्त्रीपरिषदको बैठकले आइतबार दिइदै आएको निर्णय खारेज गरिएको सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताए।

    यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै २०७९ जेठ १ देखि लागू हुने परि  हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

    हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय अबैज्ञानिक र अब्यबहारिक भएको भन्दै चौतर्फी बिरोध भइरहेको थियो भने स्थानिय निकाय हरुले सरकारले गरेको दुइदिने बिदा लागू नगर्ने गरि निर्देशन समेत दिएका थिए।

    त्यसैगरी हप्तामा दुई दिन बिदा दिने निर्णय विरुद्ध अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

     

    images
    सोमवार, जेठ २३ २०७९०७:४२:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार