बुधवार, जेठ २५ २०७९
जेठ, २५ काठमाडौ - नेपाल सरकार अर्थमन्त्रालयले बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि भएको जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको मासिक दुई हजार रुपियाँका दरले पारिश्रमिक वृद्धि भएको जनाएको हो ।
संघीय सरकारले ८ हजार उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष २०७९/०८० देखि दुई हजार थप गरेर १० हजार उपलब्ध गराउने गरी वृद्धि गरीएको अर्थ मन्त्रालय स्रोतले जनाकारी दियो।
अर्थ मन्त्रालयका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टीभीटी भनेर बाल विकास सहजकर्ताको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जानकारी दियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ ।
केन्द्रका अनुसार कार्यक्रम अन्तर्गत दुइ हजारले वृद्धि गरी एक मुष्ठ रकम पठाएको र त्यसलाई उल्लेख गरेर पठाइने जनाएको छ । त्यसैगरी विद्यालय कर्मचारीको हकमा के गर्ने भन्ने बारे अर्थ मन्त्रालयमा छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७८ /०७९ बाट बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि गरी न्युनतम तलब १५ हजार पुराएको थियो । त्यसमा ८ हजार केन्द्रय सरकारले र ७ हजार स्थानिय तहले उपलब्ध गराउने गरी तलब वृद्धि गरेको थियो ।