बुधवार, आषाढ १ २०७९
असार, १ काठमाडौ । झापा मेचीनगर १४ दुवागडी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालय एक उत्कृष्ट सामुदायीक बिद्यालय हो। बिद्यालयले जिल्लामै उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्दै आइरहेक छ। यस सामुदायिक विद्यालयमा देश भरिका चार सय पचास भन्दा बढी विद्यालयले अवलोकन गरिसकेका छ्न ।
यसै सन्दर्भमा हरेक महिना हाजिर र अन्य गतिविधिका आधारमा हरेक कक्षाका एक/एक जना विद्यार्थीलाई यसरी उत्कृष्ट घोषणा अनुसार विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरेको छ।
बाल सुबोधिनि माध्यमिक बिद्यालयले हरेक महिनाको पहिलो दिन विहानको प्रार्थना सभामा हरेक कक्षाबाट एक / एक जना उत्कृष्ट विद्यार्थीहरुलाई "स्टुडेन्ट अफ द मन्थ " र महीनाको सफा कक्षा घोषणा गर्ने परम्परा अनुसार यस शैक्षिकसत्रको पहिलो महिनाको "स्टुडेन्ट अफ द मन्थ" बन्न सफल विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको हो।

त्यसैगरी बिद्यालयले महिना भरी नियमित बिद्यालय आउने र बिद्यालयको हरेक गतिबिधिमा उत्कृष्ट काम गरेको विद्यार्थीहरुको फोटो सबैले देख्ने ठाँउमा फोटो राख्ने समेत जनाएको छ।
बिद्यालय का प्रधानाध्यापक बिश्वास थापाका अनुसार यस्तो कार्यक्रमले विद्यार्थी नियमित उपस्थित हुने र हरेक कृयाकलाप संग जोडिन उत्प्रेरित गरेको बताउनु भयो। उहाका अनुसार यो अभ्यास बिगत ४ बर्ष अघि देखि लागू गरिएको बताउनु भयो।
उहाका अनुसार विद्यार्थिहरुलाई आफ्नो कक्षा कोठा सफा राख्न अभिप्रेरित गर्न हरेक महिनाको पहिलो दिन महिनाको सफा कक्षा घोषणा गरि सरसफाइ सामग्री पुरस्कार दिने गरेको समेत बताउनु भयो।

"स्टुडेन्ट अफ द मन्थ" बन्न सफल सबै विद्यार्थीहरुलाइ विद्यार्थी मिडिया एन्ड टेक्नोलोजी परिवार हार्दिक बधाई ज्ञापन गर्दछौं।

