बुधवार, आषाढ १ २०७९
असार, १ काठमाडौ - पोेखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न बिश्वबिद्धालयले विद्यार्थीहरुलाइ बार्तामा आउन आग्रह गरेको छ। बिश्वबिद्धालयले एक सुचना जारी गर्दै जेठ ३० गते अखिल (कान्तिकारी)ले ताला लगाएको ताला खोल्ने बिषयमा विद्यार्थीहरुलाइ बार्तामा आउन आग्रह गरेको हो।
तीन दिन अघिबाट लगाइएको ताला खोल्नका लागि विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुको आजको संयुक्त छलफलले असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरेको छ ।
अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय कमिटि, कास्कीद्धारा गरिएको तालावन्दीको सन्दर्भमा उक्त संगठनकै लेटरप्याड प्रयोग गरी तालावन्दी गरिएको आधिकारीकता माथि प्रश्न उठाइएको हुँदा विश्वविद्यालयमा यथाशिघ्र आधिकारिक संगठनले बार्तामा आउन आग्रह् गरेको हो ।
बिश्वबिद्धालयले विद्यार्थीहरु वार्ताम नआए विश्वविद्यालय प्रशासनले खोल्ने चेतावनी समेत दिएको छ ।
