Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौ बर्नहार्ट द्वारा SOCIO- EDUCATIONAL ISSUES बिषयमा बृहत् Workshop कार्यक्रम सप्म्पन्न।

काठमाडौ बर्नहार्ट द्वारा SOCIO- EDUCATIONAL ISSUES बिषयमा बृहत् Workshop कार्यक्रम सप्म्पन्न।

  • 1.1K
    SHARES

  • काठमाडौ बर्नहार्ट द्वारा SOCIO- EDUCATIONAL ISSUES बिषयमा बृहत् Workshop कार्यक्रम सप्म्पन्न।

    असार, ४ काठमाडौ । काठमाडौ बर्नहार्ट स्कुल / कलेजद्वारा SOCIO - EDUCATIONAL ISSUES बिषयमा बृहत् Workshop तथा छलफल कार्यक्रम सप्म्पन्न गरेको छ।

    काठमाडौ भरिका झन्डै एक सय स्कुलका प्रीन्सिपलहरुको सहभागिता र सुदूरपश्चिम बिश्वबिद्धालयका पुर्व उपकुलपति प्राध्यापक डा. जयराज अवस्थीको प्रमुख अतिथ्यतामा सामाजिक उत्तरदायित्व अन्तर्गत "Kathmandu Regional School Principals' Workshop on Socio-Educational Issues as Challenge for Formal Education" कार्यक्रम सम्पन्न गरेको हो।20220618_091148.jpg20220618_110043.jpg20220618_123120.jpg

    कलेजका अध्यक्ष श्री भुपेश छतकुलिको अध्यक्षतामा गरेको उक्त कार्यक्रममा प्रथम बक्ताको रुपमा कलेजका प्रमुख सल्लाहकार प्रा.डा. नारायण प्रसाद चापागाईंले सहभागीहरुलाइ स्वागत गर्दै कार्यक्रमको उदेश्य बारेमा प्रष्ट पार्नुभएको थियो।

    दुई चरणमा बिभाजित गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रा.डा. जयराज अवस्थिले सामाजिक शैक्षिक बिषयहरु र चुनौती बिषयमा आफ्नो धारणा राख्नुभएको थियो। धारणा राख्ने क्रममा डा.अवस्थिले शिक्षकहरुले आफ्नो दायित्व कहिले भुल्न नहुने र सबै मान्छेलाइ उत्तिकै महत्व दिन आग्रह गर्नुभयो।

    उहाले समाजमा हरेक प्रकारका बालबालिका र विद्यार्थी हुने भएको हुनाले उनिहरुको सामाजिक सम्बन्धलाई बुझेर व्यबहार गर्दा मात्रै उनिहरुको शैक्षिक अभिवृद्धि गर्न सकिने धारणा राख्नु भयो। कुलतमा फसेका (Drugs addiction), मेबाइल इन्टरनेटको लतमा फसेका, पारिवारिक बिग्रहका कारण डिप्रेस भएका, विद्यार्थीहरुलाइ त्यसबाट मुक्त गर्न उसको सामजिक जीवनलाई प्रभाव नहुने गरि उसको ब्यक्तित्व बिकासमा केन्दृत भएर काउन्सिलिङको व्यवस्था गर्नुपर्ने बताउनु भयो।

    समाजमा एकल अभिभावक भएका बालबालिकाको संक्यामा वृद्धि भएको भन्दै त्यस्ता बालबालिकाको पढाइमा बिशेष ध्यानदिनुपर्ने समेत बताउनु भयो। त्यसैगरी आर्थिक अभाव झेली रहेका विद्यार्थीहरुको हकमा स्कुल कलेजले working scholirship को ब्यबस्था गर्न जोड दिनुभयो। त्यसैगरी शिक्षण संस्था को भौतिक पुर्वाधार निर्माण गर्दा आपाङ्ग मैत्री भवनको ब्यबस्था गर्नु पर्ने धारणा राख्नु भयो।

    अस्ट्रेलियामा विद्यार्थीहरुको परीक्षा कक्षा ९ बाट मात्रै सुरु हुने गरेको एक उदाहरण दिदै डाक्टर अवस्थिले "परिक्षालाइ विद्यार्थीहरुको अन्तिम जाँच को रुपमा नलिइ बरु शैक्षिक सत्रभित्र विद्यार्थी भित्र देखा परेका परिवर्तन र उसले हाँसिल गरेको ज्ञानलाइ महत्त्व दिन पर्ने बताउनु भयो।" उहाले स्कुल कलेजहरुमा अनिवार्य डक्टर वा नर्सको व्यवस्था गर्नुपर्ने धारणा राख्नु भयो। स्कुल कलेजका विद्यार्थीहरु डिसिप्लिन इन्चार्ज संग डराउने गरेको बिषय राख्दै DI भन्ने शब्द नै राम्रो नभएको बरु विद्यार्थीहरुलाइ सहि काउन्सिलीङ गर्नुपर्ने जेड दिनुभयो।

    बिहान ८:३० मा शुरु भएको उक्त कार्यक्रमको दोश्रो चरणमा विभिन्न ८ वटा बिषयगत समस्याहरुको बारे स्कुल / कलेजका प्रमुख तथा प्रतिनिधिहरुलाइ आठ वटा समूहमा बिभाजन गर्दै छलफल गरिएको थियो। उक्त कार्यक्रममा Case of single parent, Broken Famly, Parenting Style, Unwanted Disposable income at hand, Drug addication, Addicted to mobile anf internet etc. र Children in relation बिषयमा समुहगत छलफल गरि हरेक समुहमा भएको छलफल पश्चात् आठ अटै समुह बाट एक एक जनाले धारणा राख्नुभएको थियो।20220618_134346.jpg

    20220618_141725.jpg 

    उक्त छलफल कार्यक्रमले १० बुदे घोषणा पत्र समेत तयार गरेको छ।20220618_211827.jpg

    20220618_211849.jpg20220618_211903.jpg20220618_211924.jpg20220618_211938.jpg20220618_211952.jpg20220618_211849.jpgकार्यक्रममा सहभागी प्रीन्सिपल तथा प्रतिनिधिहरुले शिक्षिक गुणस्तर सुधार गर्न र सामाजिक उत्तरदायित्व पुरा गर्न आगामी दिनहरुमा समेत यस्तो कार्यक्रम गर्नु आवस्यक रहेको बताए। उनिहरुले बर्नहार्ट कलेजलाइ धन्यवाद दिदै कलेज विद्यार्थी तथा अभिभावकलाई काउन्सिलिङ्को लागि सहयोग गर्न समेत अनुरोध गरेका थिए।

    त्यसक्रममा कार्यक्रम संचालक तथा प्रीन्सिपल अमृत भट्टले कार्यक्रममा सहभागी स्कुल तथा कलेजका प्रतिनिधि हरुलाइ आफ्नो तर्फ बाट गर्न सकिने हरेक शैक्षिक सुधारका कार्यक्रमको लागि आफुहरु र आफ्नो कलेज जयार रहेको बताउदै, विभिन्न प्रदेशमा समेत तेस्ता खालका कार्यक्रमहरु संचालन गर्दै शैक्षिक रुपान्तरणमा थप सहयोग पुर्‍याउने लक्ष राखेको बताउनु भयो।

    कार्यक्रमको समापन काठमाडौ बर्नहार्ट स्कुल / कलेजका अध्यक्ष भुपेश छत्कुलीले गर्नुभएको थियो। उक्त कार्यक्रममा कलेजले सम्पुर्ण सहभागीहरुलाइ टोकन अफ लभको ब्यबस्था समेत गरेको थियो।20220618_162043.jpg

    20220618_164821.jpg20220618_165452.jpg

    images
    शनिवार, आषाढ ४ २०७९०८:४७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार