Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेबिसंघद्वारा नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला

नेबिसंघद्वारा नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला

  • 1.1K
    SHARES

  • नेबिसंघद्वारा नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला

    असार, ६ काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेपाल संस्कृत बिश्वबिद्धालयमा बिगत दुई महिना देखि लगाएको छन। नेविसंघले विभिन्न ११ बुदे माग राखी गत बैशाख १९ गते बिश्वबिद्धालयको मुख्यालयमा लगाइएको ताला नखुल्दा शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अबरोध भएको छ।

    विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्। विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा समेत अनिच्छुक देखिएका छन्।

    तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो। प्रपासंघले पुस १ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी पत्र पठाएको थियो। 

    पत्रमा विश्वविद्यालय सभाको रिक्त पदहरूमध्ये प्रासंघको तर्फबाट प्राचार्यमध्येबाट एक र सम्बन्धन प्राप्त विद्यापीठको प्राचार्यमध्येबाट एकजना गरी दुई जना नियुक्त गर्नुपर्ने र विश्वविद्यालयका तीन पदाधिकारीसहित पाँच जनाको कार्यकारी परिषद्मा दुई जना संघबाट सिफारिस गरी आगामी सभामा पेस गर्ने गरी पत्राचार गर्नुपर्ने पनि उल्लेख थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

     

    images
    सोमवार, आषाढ ६ २०७९०६:२४:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार