मंगलवार, आषाढ ७ २०७९
असार, ७ काठमाडौ । बि.सं. २०११ सालमा स्थापना भएको त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसले आफ्नो स्थापना दिवस मनाउदै छ।
बि. सं. २०११ मा यसको स्थापना प्रो. राम राज पन्तको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल पनि थिए।
क्याम्पसले २०७९ असार १७ गते स्थापना दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप गरेर सो दिवस मनाउन लागेको हो।
क्याम्पसले स्थापना दिवसको अवसरमा Moot Court Competition, Quiz Competition, Cultural Event, Nepal Parliamentary Model Sessin, (नमूना संसद अभ्यास) Legal Educatio Discourse Talk Program, Inter Law College Football Competition, छात्रवृत्ति तथा पुरस्कार वितरण, Netional Workshop on Legal Education in Nepal, लगाएतका लगाएतका कार्यक्रमहरु गर्ने भएको छ।
कार्यक्रम आगामी असार १७ गते राष्ट्रिय सभा गृहमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताइएको छ। स्थापना दिवसमा क्याम्पसमा अध्यानरत विद्यार्थीहरुलाइ अनिवार्य उपस्थित हुन अनुरोध समेत गरेको छ।
