मंगलवार, आषाढ ७ २०७९
असार, ७ काठमाडौ । गोकणेश्वर नगरपालिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि स्थानीय स्तरमा प्रथम विद्यार्थीहरु पठाउन पत्राचार गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा नगर भित्रका बसै बिद्यालयहरुलाइ पत्राचार गर्दै उक्त प्रतियोगिता हुन लागेको जानकारी दिएको हो।
नगरको पत्र अनुसार यहि असार १३ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखाले स्थानियस्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तपसिलबमोजिमका विद्यार्थीहरूलाई आवश्यक तयारी गराइ प्रतियोगितामा सहभागी गराउनुहुन अनुरोध गरेको छ।
श्री सामुदायिक तथा संस्थागत विद्यालयहरू,
गोकर्णेश्वर नगरपालिका
यही असार १३ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन लागेको हुँदा यस नगरपालिकामा आयोजना भएको स्थानीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तपसिल बमोजिमका विद्यार्थीहरूलाई आवश्यक तयारी गराइ प्रतियोगितामा सहभागी गराउनुहुन अनुरोध छ । साथै अन्य जानकारीको लागि शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नुहुन पनि अनुरोध छ ।
गोकर्णेश्वर नगरपालिका
शिक्षा, युवा तथा खेलकुद शाखा

