Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सम्झौता सम्पन्न ।

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सम्झौता सम्पन्न ।

  • 460
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सम्झौता सम्पन्न ।

    असार, ७ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ। आज मिति २०७९ असार ७ गते मंगलबार मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको हो।

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्यूको सम–उपस्थितीमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    १३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै दुवै संस्थाहरुलाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने कुरा उल्लेख गरेको छ । जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुबिधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख श्री आश्विन कुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरु, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंक लिमिटेडका कर्मचारी/प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । : मध्यपश्चिम बिश्वबिद्धालयको फेसबूक वालबाट ।

     

    images
    मंगलवार, आषाढ ७ २०७९०५:२०:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार