Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस्तो छ, पोखरा विश्वविद्यालयको आ.व. २०७९/८० को बजेट

यस्तो छ, पोखरा विश्वविद्यालयको आ.व. २०७९/८० को बजेट

  • 608
    SHARES

  • यस्तो छ, पोखरा विश्वविद्यालयको आ.व. २०७९/८० को बजेट

    असार, १५ काठमाडौ । पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम तथा बजेट पास गरेको छ । साधारणसभाले विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गरेको हो।

    आ.व. २०७९/८० को बिश्वबिद्धालयको कूल रु १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ । स्वीकृत बजेटमा पुँजीगत खर्चतर्फ रु ६४ करोड तीन लाख ५७ हजार र साधारणतर्फ रु ८१ करोड ९६ लाख ४३ हजार छ ।

    बिश्वबिद्धालयको नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजनाअनुसार पाँच हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरूयोजनाका लागि बजेट विनियोजन गरेको छ । सभाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले सरकारको नीतिअनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

    त्यसैगरी सभाले विश्वविद्यालयको सम्बन्धन प्राप्त महाविद्यालयलाई बढीमा दुई कार्यक्रम÷समूह प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयलाई सङ्काय विशिष्टीकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय÷कलेजलाई स्वेच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृत गरेको उपकुलपति अर्यालले जानकारी दिए । दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ । सभाले मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन गरेको छ ।

    सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८औँ साधारण सभाको बैठकबाट भएको निर्णयबमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङ्गिक कार्यक्रमको सबलीकरण हेतु सरकार, सरोकारवाला एवं स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर सातवटै प्रदेशमा आवश्यकताअनुसार आङ्गिक महाविद्यालय विस्तार गर्ने नीतिमा उल्लेख गरिएको छ ।

    सभाले पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त महाविद्यालयलाई आवश्यकतानुसार सामुदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गर्ने र सामुदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

    पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशीताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिने नीतिमा उल्लेख गरिएको छ ।

     

    images
    बुधवार, आषाढ १५ २०७९०८:१२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार