बिहिवार, आषाढ २३ २०७९
असार, २३ काठमाडौँ । नयाँ शैक्षिकशत्र शुरु भएको दुई महिना बिति सक्दा समेत देशैभरका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन। पाठ्यपुस्तक छाप्न जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले रुस - युक्रेन युद्ध र स्थानिय चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न नसकिएको जिकिर गर्दै आइरहेको छ।
हाल स्कुलहरु मा पहिलो त्राइमासिक परीक्षा समेत शुरु भएको छ। अझै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नपाउदा समग्र शिक्षैक बर्ष नै प्रभावित हुने कुरा मा दुबिधा छैन।
यसै सन्दर्भमा राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएको भन्दै विद्यार्थीलाइ पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन। कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक नपाएको भन्दै राष्ट्रिय सभामा सांसद गुरुङ्ले माग गरेका हुन।