बिहिवार, आषाढ २३ २०७९
असार, २३ जनकपुर । मधेश प्रदेशस्थित जनकपुरधाममा निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षा सम्पन्न गरेको छ । मधेश प्रदेश सरकार शिक्षा विकास निर्देशनालय र जनकपुर स्कील डेभलोपमेन्ट इन्स्टिच्यूट प्रा.लि.को समन्वयमा भएको निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षा सम्पन्न भएको हो।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तरगत जनकपुरधाममा निःशुल्क लोकसेवा आयोग परीक्षा तयारीमा ६० जना छात्राहरु सहभागी भएका थिए। जेठ १७ गतेदेखि शुरु भएको परीक्षा तयारी कक्षामा ३० जना नायब सुब्बा र ३० जना खरीदारको तयारी गरेको बताइएको छ ।
निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षामा सहभागी भएका विद्यार्थीहरुले उच्चस्तरीय र गुणस्तरीय किसिमले अध्ययन गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
यस आर्थिक वर्षमा मधेश प्रदेश भरमा ४८० जना विद्यार्थी निःशुल्क लोकसेवा आयोगको तयारीमा रहेको जनकपुर स्कील डेभलोपमेन्ट इन्स्टिच्यूटका समित कुमार ठाकुरले बताएका छन् । उनले मधेश प्रदेश सरकारको सम्झौता अनुसार एक महिने लोकसेवा आयोगको तयारी कक्षा भएपनी विद्यार्थीहरुको चाहना अनुसार १० दिन थपिएको छ । यसरी पढेका विद्यार्थीहरुले परीक्षामा पनि राम्रो अंक ल्याउने गरेको दावी समेत गरेका छन् ।