Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविले फेरि गर्‍यो परीक्षा रद्द (सूचना सहित)

त्रिविले फेरि गर्‍यो परीक्षा रद्द (सूचना सहित)

  • 1.9K
    SHARES

  • त्रिविले फेरि गर्‍यो परीक्षा रद्द (सूचना सहित)

    असार, २५ काठमाडौं । त्रिभुवन विश्वविद्यालको आफ्नै त्रुटिका कारण फेरि अर्को बिषयको परीक्षा रद्द गरेको छ। बिश्वबिद्धालयले बिबिए छैटौ सत्रको परिक्षामा Nepalese society & politics को exam को दिन पाँचौँ सेमेस्टरको समाजशास्त्र (Sociolgy) को प्रश्नपत्र पठाएको भन्दै विद्यार्थी हरुले आन्दोलन गरेकोले परिक्षा रद्द गरेको हो।

    त्रिविले एक सुचना हारी गर्दै बिश्वबिद्धालय डिनको कार्यलय बाट संचालित BBA कार्यक्रमको छैटौ नियमित परीक्षा २०२२ अन्तर्गत २०७९ असार २५ गते संचालन भइरहेको SOC-23: Nepalese Society and Politics बिषयको परीक्षा विशेष कारणबस स्थगित गरिएको बताइएको छ। उक्त बिषयको परिक्षा तालिका पछि तोकिने बताइएको छ।Polish_20220709_131545103.jpg

    यसअघि आज भएको उक्त विषयको परीक्षामा पाँचौँ सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू आएको भन्दै बागदरबारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले नाराबाजीसहित आन्दोलन गरेका थिए ।

    त्यसैगरी असार २२ गते भएको परिक्षा समेत संस्थागत व्यवहार विषयको प्रश्न पत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् । जसमा एउटा कलेजको प्रि–बोर्डको प्रश्न परेपछि विद्यार्थीले दिएको परीक्षा स्थगित गरी साउन १ गते फेरी लिने भनिएको छ ।

    FB_IMG_1657363813691.jpg

    images
    शनिवार, आषाढ २५ २०७९०४:४४:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार