Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा साउन पहिलो हप्ता आउने : राष्ट्रिय परिक्षा बोर्ड

एसईई नतिजा साउन पहिलो हप्ता आउने : राष्ट्रिय परिक्षा बोर्ड

  • 664
    SHARES

  • एसईई नतिजा साउन पहिलो हप्ता आउने : राष्ट्रिय परिक्षा बोर्ड

    असार, २९ काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक गर्ने जनाएको छ। परीक्षा नियन्त्रण कार्यलय भक्तपुरका अनुसार परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न एक हप्ता ढिलाइ हुने भएको हो ।

    यसअघि राष्ट्रिय परिक्षा बोर्डले असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने भन्दै तालिका समेत सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौं ।’

    राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

     

    images
    बुधवार, आषाढ २९ २०७९०७:१४:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार