शुक्रवार, श्रावण ६ २०७९
साउन, ६ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी पदहरुमा नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ ।
विश्वविद्यालयले, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ एडुकेसन र ग्य्राजुएट स्कुल अफ हेल्थ साइन्सेसमा डिन, अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको कार्यकारी निर्देशक,स्कुल अफ म्यानेजमेन्टको कार्यकारी निर्देशक, अनुसन्धान तथा विकास केन्दको निर्देशक स्कुल अफ लको कार्यक्रम निर्देशक र तिला कर्णाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदका लागि दरखास्त आव्हान गरेको हो ।
बिश्वबिद्धालयले सुचना जारी गरेको ३५ दिन भित्र योग्यता पुगेका नेपाली नागरिकहरुले रिक्त रहेका पदहरूमा दर्खास्त दिनसकिने छ। दर्खास्त दिन बिश्वबिद्धालयले तोकिए बमोजिम न्युनतम मपदण्डहरु पूरा गरेको हुनुपर्ने छ। सुचना अनुसार डिन, कार्यकारी निर्देशक र R & D Center का निर्देशकहरुको एउटै प्रकृतिको छनोट मापदण्ड हुनेछ।
