Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा जित्यो अवार्ड।

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा जित्यो अवार्ड।

  • 1.0K
    SHARES

  • राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा जित्यो अवार्ड।

    साउन, ६ काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरण (बेबी वार्मर) ले अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीमा पिपुल्स च्वाइस अवार्ड जितेको छ । विश्वविद्यालयले बायो-मेडिकल उपकरणहरुको ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनीमा आविस्कार केन्द्रमा बनेको ‘न्यानो नानी’ नाम दिइएको बेबी वार्मरले बिश्वबिद्धालयमा पिपुल्स च्वाइस अवार्ड जितेको हो । FB_IMG_1658482061884.jpg

    राष्ट्रिय आविष्कार केन्द्रले अघिल्लो बर्षदेखि  अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीसँग बायो-मेडिकल बिषयमा सहकार्य गरिरहेको छ र्वउक्त विश्वविद्यालयले बायो-मेडिकल उपकरणहरुको ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रलाई निमन्त्रणा गरेको थियो ।Screenshot_20220722-145535_Facebook.jpgFB_IMG_1658482076660.jpg

    राष्ट्रिय आविष्कार केन्द्रमा बनेको 'न्यानो नानी' कोर्गोद्वारा प्रर्दशनीका लागि पठाईएको र सो प्रदर्शनीमा भाग लिन र प्रदर्शनी पछि एक महिने तालिम पनि दिन भनेर विश्वविद्यालयले केन्द्रका तीन जना ईन्जिनियरलाई निमन्त्रणा गरेको थियो । तर विश्वविद्यालयले निम्ता गरेको भएपनि नेपालमा रहेको अमेरिकी दुताबासले उनीहरुलाई भिसा दिएन र उनीहरू उक्त प्रदर्शनीमा भाग लिन पाएनन् । अनततः ३ जना इन्जिनियरहरुले जुमबाटै भाग लिएका थिए ।FB_IMG_1658482071068.jpg

    अमेरिकाले भिसा नदिएपछि राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुबले फेसबूकमा यसरी लेखेको पोस्ट यस्तो छ,

    ' काठमाडौँको अमेरिकन दुताबासले हाम्रा ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा जसरी भए पनि राखियो र सबै भन्दा धेरैले मन पराएको पुरस्कार (People's Choice) पनि जितियो । खाने मुखलाई जुंगाले छेक्दैन नि हाउ !!! अमेरिकी दुताबासले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई नपत्याएकै रहेछ भन्ने थाहा भयो । भिसाको अन्तरबार्ता लिनेहरुलाई पनि रिसर्च र ईनोभेसन भन्ने थाहा रहेनछ कि क्या हो ??

    गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो-मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो । त्यसको लागी आविष्कार केन्द्रमा बनेको "न्यानो नानी" भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो। तर उनीहरुलाई दुताबासले भिसा दिएन ।

    त्यसैले हामीले अर्कै उपाए निकालेर प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर कार्गो द्वारा पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र जाने सम्मको बिस्तृत जानकारी पनि दिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो ।

    कसैले छेक्दैमा हामी छेकिनेवाला होइनौं र कुनै हालतमा पनि अगाढी बढ्ने छौं । धन्यबाद 🙏🙏🙏 '

    Screenshot_20220722-151917_Facebook.jpg

    images
    शुक्रवार, श्रावण ६ २०७९०३:२२:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार