शुक्रवार, श्रावण ६ २०७९
असार, ६ काठमाडौ। त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत नेपाल ल क्याम्पसमा एलएलबी तहमा भर्ना खुलेको छ। क्याम्पसले एक सूचना प्रकाशित गर्दै एलएलबी तह २०७७/७८ समुहको प्रथम बर्षको लागि भर्ना खुलेको हो।
मिति २०७९ जेठ २१ गते संचालन भएको प्रवेश परिक्षा २०७९ साउन ५ गते अन्तिम नतिना प्रकाशित भए संगै भर्नाको लागि सुचना जारी गरेको बताइएको छ। बिश्वबिद्धाय अन्तर्गत नेपाल ल क्याम्पसले ६०० सिटका लागि अन्तिम नतिजाको योग्यताक्रम (म्यारिट लिस्ट) बमोजिम भर्ना गर्न सकिनेछ।
क्याम्पसले जारी गरेको सूचना अनुसार मिति २०७९ साउन ८ देखि सोही साउन २६ गते सम्म बिहाना १०:३० देखि २:०० बजे सम्म भर्ना गर्न सकिने छ। भर्ना शुल्क भने ११ हजार २ सय ५० रुपिय तोकिएको छ ।
