आइतवार, श्रावण ८ २०७९
साउन, ८ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रद्वारा बिज्ञसूचि तयारिका लागी निवेदन दर्ता गर्न सूचना जारी गरेको छ। केन्द्रले पाठ्यपुस्तक लेखन, मुल्यांकन लगाएतका कार्यलाइ प्रभावकारी एबंम व्यवस्थित बनाउन निवेदन दर्ता गर्न माग गरेकोहो।
केन्द्रले हारी गरेको सूचना अनुसार योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण सहित सूचना प्रकाशित भएको २१ दिन भित्र आइपुग्ने गरि निवेदन गर्ता गराउन जानकारी दिएकोछ।
पाठ्यक्रम बिकास केन्द्रले प्रारम्भिक बालबिकास देखि आधारभुत तह र माध्यामिक तह (कक्षा ११ र १२) सम्मका अनिवार्य तथा ऐच्छिक, माध्यामिक तहका प्राबिधिक तथा व्यावसायिक धार तर्फका बिषयहरु र गुरुकुल, संस्कृत,वेद तथा मातृभाषा, मदरसा र गोन्पातर्फका बिषयहरुको लागि बिज्ञसुची तयार गर्न नेवेदन दर्ता गर्न बताएको हो।
बिज्ञसुचिमा नाम दर्ता गर्न केन्द्रले तोकेको ढाँचा बमोजिम हुनपर्ने छ।

