Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई नतिजा सार्वजनिक, ९ हजार ६३३ जना विद्यार्थीले ल्याए ४ जिपिए ।(यसरी हेर्नुस नतिजा)

एसइई नतिजा सार्वजनिक, ९ हजार ६३३ जना विद्यार्थीले ल्याए ४ जिपिए ।(यसरी हेर्नुस नतिजा)

  • 2.4K
    SHARES

  • एसइई नतिजा सार्वजनिक, ९ हजार ६३३ जना विद्यार्थीले ल्याए ४ जिपिए ।(यसरी हेर्नुस नतिजा)

    साउन, ११ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डद्वारा एसइई नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

    गत वैशाख गत ९ देखि २० गतेसम्म संचालन भएको यस वर्षको एसइई परिक्षामा ५ लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए। जसमध्ये २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी थिए। 

    राष्ट्रिय परिक्षा बोर्डका अनुसार यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

    यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

    कोभिड अगाडि र २०७८ को तुलनात्मक विवरण ।

    Screenshot_20220727-164236_Facebook.jpg FB_IMG_1658918884115.jpg

    यस्तो छ प्रदेशगत नतिजा ।

    सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो।

    त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो।

    चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो।

    छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।

    FB_IMG_1658918948348.jpg

    एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

    यसरी हेर्नुस नतिजा

     रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np

    नेपाल टेलिकम www.see.ntc.net.np

    SMS र IVR जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)

    इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)

    आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)

    नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

    images
    बुधवार, श्रावण ११ २०७९०३:५८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार