शुक्रवार, श्रावण १३ २०७९
साउन,१३ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा मानव श्रोत तथा बिकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको छ।
नेपाल सरकार तथा मन्त्री परिषद बाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यनयन कार्यबिधी २०७६ मा ब्यबस्था भए बमोजिम केन्द्रले मन्त्रिपरिषदको साउन ९ गतेको निर्णय अनुसार ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो।
केन्द्रले जारी गरेको सूचना अनुसार ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यन्वयन गरिने जनाइएको छ।
केन्द्रले राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरुलाई स्थानीय तह मार्फत प्रस्ताव पेश गर्न निर्देशन दिएको छ।
केन्द्रका अनुसार साउन २९ गते भित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेसगर्नु पर्ने छ ।
