Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा 11 मा छात्रवृत्तिका लागि आबेदन माग। (सूचना सहित)

कक्षा 11 मा छात्रवृत्तिका लागि आबेदन माग। (सूचना सहित)

  • 741
    SHARES

  • कक्षा 11 मा छात्रवृत्तिका लागि आबेदन माग। (सूचना सहित)

    साउन, १६ पोखरा । पोखरा महानगर पालिकाले कक्षा ११ मा लागि छात्रवृत्तिकालागी आवेदन माग गरेको छ। महानगरले एक सुचना जारी गर्दै शैक्षिकसत्र २०७९ को लागि संस्थागत बिद्यालयको कक्षा ११ मा लक्षित वर्गको छात्रवृत्ति कोटामा अध्यायनको गाली आवेदन माग गरेको हो।

    महानगरको संस्थागत छात्रवृत्ति ब्यबस्थापन समितीको बैठको निर्णय अनुसार शैक्षिकसत्र २०७९/८० मा कक्षा ११-१२ मा पोखरा महानगरभित्रका संस्थागत बिद्यालयहरुमा विभिन्न आरक्ष कोटाबाट अध्यायन गर्न चाहने विद्यार्थीकालागि आवेदन माग गरिएको बताइएको छ। आवेदन दिन मिति २०८९ साउन १६ देखि २२ गते सम्म एसईई उत्तीर्ण ग्रेटसिटको प्रतिलिपी सहित कागाजात शिक्षा महाशाखामा आवेदन पेस गर्न सकिने छ।

    आवेदन दिन दलित, जनजाती, शाहीद, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवारको हकमा जिल्ला प्रशासन कार्यलयको सिफारिसको प्रतिलिपी सहित बुझाउनु पर्ने छ। त्यसैगरी पोखरा महानगर भित्र स्थाइ बसेबास भइ महानगर कै बिद्यालयमा उत्तीर्ण गरेका विद्यार्थीहरुले आफू बसोबास गरेको वडा कार्यलयको सिफारिस पत्र बुझाउनु पर्नेछ।

    यस्तो छ सूचना ।

    FB_IMG_1659341665051.jpg

    images
    सोमवार, श्रावण १६ २०७९०२:१४:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार