Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा ११ को भर्ना साउन मसान्तसम्म गर्नसक्ने व्यवस्था मिलाउनु : राष्ट्रिय परिक्षा बोर्ड ।

कक्षा ११ को भर्ना साउन मसान्तसम्म गर्नसक्ने व्यवस्था मिलाउनु : राष्ट्रिय परिक्षा बोर्ड ।

  • 649
    SHARES

  • कक्षा ११ को भर्ना साउन मसान्तसम्म गर्नसक्ने व्यवस्था मिलाउनु : राष्ट्रिय परिक्षा बोर्ड ।

    साउन, १८ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को भर्ना गर्ने ब्यबस्था साउन मसान्तसम्म सम्म मिलाउन निर्देशन दिएको छ। बोर्डले एक बिज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    शैक्षिकसत्र २०७९/८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा फरक फरक बिद्यालय /क्याम्पसहरुले फरक फरक भर्ना तालिका तय गरि छोटो समय म्याद राखी सुचना प्रकाशित भएको हुदा दुर्गम क्षेत्रका विद्यार्थीहरु आउन कठिनाइ हुने र विद्यार्थी भर्ना गर्नबाट बन्चित हुने गुनासाहरु आएकोले म्याद बढाउन निर्देशन दिएको छ।

    यस सन्दर्भमा बोर्डले परीक्षा नतिजा प्रकाशित भएको कम्तिमा १५ दिन आवेदन दिम सक्ने गरि साउन मसान्तसम्म भर्ना कार्यक्रम तय गर्न समेत निर्देशन दिएको छ। साथै स्थानी तहहरुबाट सोहिअनुसार आफ्नो पालिका अन्तर्गतका विद्यालयहरुमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना र कक्षा सञ्चालन लगायतका कार्यहरु गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    FB_IMG_1659488136175.jpg

    images
    बुधवार, श्रावण १८ २०७९०७:०१:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार