Jul 27 2026 | २०८३, श्रावण ११ गते

एन-प्याब्सनद्वारा काठमाडौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न ।

एन-प्याब्सनद्वारा काठमाडौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न ।

  • 1.2K
    SHARES

  • एन-प्याब्सनद्वारा काठमाडौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न ।

    साउन, २० काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) द्वारा काठमाडौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। काठमाडौ जिल्ला कार्यसमितिको आयोजना तथा एन.प्याब्सन काठमाडौ महानगर र समितिको संयोजनमा काठमाडौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।20220805_160757.jpg

    एन-प्याब्सनले सानोभर्‍यङ स्थित कामना इन्टरनेसनल स्कुल/ कलेजमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा काठमाडौ भरिका ५० वटा बिद्यालयका सिनियर (८ - १० कक्षा) र जुनियर (१-७ कक्षा) २०० विद्यार्थीहरु सहभागी जनाएका थिए ।20220805_142817.jpg

    प्रतियोगितामा जुनियर तर्फ पिकपोइण्ट पप्लिक स्कुल बुढानिलकण्ठका प्रज्वल सुनुवार चौथो, माइल स्टोन युथ इङलिस स्कुल रामकोटका रिवाज गिरि तृतीय स्थान हासिल गरेका थिए। त्यसैगरी ग्रीन फिल्ड नेस्नल स्क्लुल बाफलका संस्कृत लाल श्रेष्ठ द्वितीय स्थान हासिल गर्न सफल भए भने तारकेश्वर ८ शान्तिटोल स्थित मेगा पब्लिक स्कुलका दिशान्त भुसाल प्रथम स्थान हाँसिल गरे।20220805_155816.jpgचौथो स्थान 

    20220805_155901.jpgतृतीय स्थान 
    20220805_155948.jpgद्वितीय स्थान 
    20220805_160024.jpgप्रथम स्थान ।

    त्यसैगरी चित्रकला प्रतियोगितामा सिनियर तर्फ कोलम्बस इन्टर्नेस्नल स्कुलका टिसान श्रेष्ठ चौथो स्थान, मेगा पब्लिक स्कुलका स्मृति तामाङ तृतीय, अरुनी सेकेण्डरि स्कुलका नाजिमिन खातुन द्वितीय र अक्स्फोर्ड सेकेन्डरी स्कुल (नयाँ बजार) का कोपिला बयलकोटीले प्रथम स्थान हासिल गरे।20220805_160335.jpgप्रथम स्थान 

    20220805_160246.jpgदोश्रो स्थान 
    20220805_160220.jpgतेस्रो स्थान 
    20220805_160146.jpgचौथो स्थान

    चित्रकला प्रतियोगिता कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाइ प्रमाणपत्र बितरण गर्दै प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

    उक्त प्रतियोगिता कार्यक्रममा एन-प्याब्सन काठमाडौ महानगराका अध्यक्ष भीष्म पाण्डे सभापती तथा एन-प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डप हमाल प्रमुख अतिथिको रुपमा रहनुबएको थियो। कार्यक्रममा एनप्याब्सनका केन्द्रिय पदाधिकारी, काठमाडौ जिल्ला अध्यक्ष हिक्मत दाहाल लगाएत पदाधिकारी र अन्य प्रभुत्व ब्यक्तिहरु अतिथिको रुपमा रहेका थिए।

    चित्रकला कार्यक्रममा प्रमुख अतिथी तथा एन-प्याब्सनका अध्यक्ष पाण्डप हमालले बालबालिकाको सर्बांगिण बिकासकको लागि काठमाडौ जिल्ला र महानगरले गरेको चित्रकला कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रगेको बताउनु भयो। उहाँले शिक्षालाई किताब कक्षा मात्रै होइन किताब र कक्षा बाहिर ल्याएर गरिने अतिरिक्त क्रियाकलापले बालबालिकाको शारीरिक, मानशिक र बौद्धिक क्षमताको बिकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो। अध्यक्ष हमालले शिक्षा संगै संस्कार र संस्कृतको समेत जगेर्ना गर्नुपर्ने धारणा राख्दै चित्रमा सँस्कृती झल्किने बताउनु भयो।20220805_154132.jpg

    त्यसैगरी कार्यक्रममा केन्द्रीय सह-अध्यक्ष सुवास न्यौपाने पाठ्यक्रम र पाठ्यपुस्तकलाई मात्रै आधार बनाएर हुदैन बरु खेलकुद, संगीत, कलालाइ समेत आवस्यकता रहेको बताउनु भयो। उहाले यस्ता कार्यक्रमहरुलाइ अतिरिक्त क्रियाकलाप भन्दापनी पाठ्यक्रममै राखेर लिजानु पर्ने धारणा व्यक्त गर्नु भयो। सह-अध्यक्ष न्यैपानेले आर्ट भन्ने बित्तिकै सबैभन्दा ठूलो महत्व छ र यो साहित्यिक बिधा पनि हो भन्दै, आर्ट आफैमा बोल्ने र आर्टले गर्ने एक्क्स्प्रेसन निकै सबैभन्दा ठूलो महत्व हुने भएकोले यसलाइ जिबन्त बनाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो।20220805_143835.jpg

    कार्यक्रममा एन-प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेतले नेसनल प्याब्सनको क्यालेन्डर अनुसारको महानगरलाइ दिएको जिम्मेवारी पूरा गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो उहाले।काठमाडौ जिल्लाले हरेक नगरलाइ कार्यक्रम बाँढ्ने गरेको र सोही अनुसार रचनात्मक र अतिरिक्त क्रियाकलाप गर्ने बताउनुभयो। कार्यक्रममा अध्यक्ष बस्नेतले बदौ ७ गते एकेडेमी हलमा नृत्य कार्यक्रम राखेको र त्यसमा सहभागीको लागि काठमाडौ जिल्ला अन्तर्गतका बिद्यालयहरुलाइ तयारी गर्न सुझाव दिनुभयो।20220805_145937.jpg

    उक्त कार्यक्रममा नागर्जुन का अध्यक्ष शिवराम गिरिले विद्यार्थी हरुको अन्तर्निहित प्रतिभा लाई प्रस्फुटन गर्न चित्रकला प्रतियोगिताले सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। त्यसै गरि उक्त कार्यक्रममा कामना इन्टरनेसनल स्कुल/ कलेजका प्रीन्सिपल महेस कुमा श्रेष्ठले प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थी बिद्यालय स्तरबाट स्लेक्ट भएर आएकाले पहिलो, दोश्रो हुने भन्दा पनि सबै सहभागी विद्यार्थीहरु ले सफलता हासिल गरेको धारणा ब्यक्त गर्नु भयो।20220805_145521.jpg20220805_145017.jpg

    चित्रकला प्रतियोगिता महानगरले विभिन्न एनप्याब्सनका पदाधिकारीहरुलाइ समान पत्र र टोकन अफ लभले सम्मान गरेको थियो।20220805_153251.jpg20220805_150659.jpg20220805_150756.jpg20220805_150852(0).jpg20220805_153854.jpg

    अन्त्यमा कार्यक्रमका सभापति तथा एन-प्याब्सन काठमाडौ महानगरका अध्यक्ष भीष्म पाण्डेले चित्रकला प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई आफ्नो कला प्रस्फुटन गर्नुभएकोमा प्रशंसा ब्यक्त गर्नुभयो। उहाले प्रतियोगितामा हार जित भन्दा पनि सहभागी भएर आफ्नो क्षमतालाइ कला मार्फत प्रफुटन गर्नु महत्त्वपूर्ण भएको भन्दै मिहेनत गरे सबै विद्यार्थी आफ्नो गन्तव्यमा पुग्न सक्ने बताउनु भयो। साथै उहाले कलालाइ व्यावसायिक रुपमा लिनकोलागी प्रत्न गर्नुपर्ने बताउनु भयो।

    20220805_160824.jpg20220805_160813.jpg20220805_135826.jpg20220805_130422.jpg20220805_135951.jpg20220805_140510.jpg20220805_140351.jpg20220805_143411.jpg20220805_143602.jpg20220805_143554.jpg

    images
    शुक्रवार, श्रावण २० २०७९१०:२७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार