Jul 27 2026 | २०८३, श्रावण ११ गते

समग्र शैक्षिक सुधारको माग सहित विद्यार्थीद्वारा शिक्षा मन्त्रालयमा बुझाए २७ बुँदे ज्ञापनपत्र।

समग्र शैक्षिक सुधारको माग सहित विद्यार्थीद्वारा शिक्षा मन्त्रालयमा बुझाए २७ बुँदे ज्ञापनपत्र।

  • 660
    SHARES

  • समग्र शैक्षिक सुधारको माग सहित विद्यार्थीद्वारा शिक्षा मन्त्रालयमा बुझाए २७ बुँदे ज्ञापनपत्र।

    साउन, २२ काठमाडौ । समग्र शैक्षिक रुपान्तरण र नीति निर्माण कार्यान्वयन सहित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेललाई विद्यार्थीहरुले २७ बुदे मागपत्र बुझाएका छन। अखिल (क्रान्तिकारी ) (नेकपा बहुमत) विद्यार्थी संगठनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलललाइ विभिन्न २७ बुदे मागपत्र बुझाएका हुन।

    विद्यार्थीद्वारा बुझाइएको मागपत्रमा राज्यको कुल बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने, संबिधानमा उल्लेख भए बमोजिम माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनुपर्ने, दैनिक उपभोग्य बस्तु, स्वास्थ्य उपचार, सेवाको क्षेत्रमा विद्यार्थीहरुलाइ ५०% छुट हुनुपर्ने उल्लेख गरिएको छ।

    त्यसैगरी देशैभरिका विद्यार्थीहरुको मासिक रुपमा अनिवार्य स्वाथ्य जाँच हुनुपर्ने, देशैभरी बिद्यालयहरुमा नि: शुल्क सेनेटरी प्याड ब्यबस्थापन गर्नुपर्ने, माग समेटिएका छन।

    त्यसैगरि मागपत्रमा शिक्षा निजीकरण को अन्त्य, निजि शिक्षण संस्थाले बढाएको शुल्क खारेज, शैक्षामा वैदेशिक लगानी पुर्ण रुपमा बन्द गर्न माग गरेका छन।

    मागपत्रमा बिदेशी बिश्वबिद्धालयबाट संचालित कलेजहरुको श्रेणीकरण गरि जथाभावी दिएका सम्बन्धनहरु खारेजि, मापदण्ड बिपरित कलेजहरुको खारेजी गर्दै संचालन मापदण्डमा कडाइ गरिनुपर्ने, भर्ना शुल्कमा नियमन र नियन्त्रण गरि २०% छात्रवृत्ति अनिवार्य गरिनु पर्ने बताएका छन।

    बिश्वबिद्धालयमा राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने भन्दै, उपकुलपति बिश्वबिद्धालय बिश्वबिद्धालय सभाबाट निर्वाचित हुनुपर्ने ब्यवस्थाको माग समेत गरेका छन। त्यसैगरी बिश्वबिद्धालयमा पढाइहुने एकै प्रकृतिका बिषयहरुको शुल्क समेत समान हुनुपर्ने बिग्यप्तिमा उल्लेख गरेका छन। 

    बहुसंख्यक विद्यार्थीलाई असफल बनाउने परिक्षा प्रणाली निरस र परम्परागत शिक्षण विधी बहुसंख्यक बेरोजगार उत्पादन गर्ने, दास मनोवृत्ति भएको, श्रम र उत्पादनसँग नजोडिएको परम्परागत पाठ्यक्रम परिमार्जन गरी निरन्तर मूल्यांकन प्रणाली, रचनात्मक शिक्षण विधी, श्रम र उत्पादनसँग प्रत्यक्ष जोड्ने देश र जनताको आवश्यकता अनुसारको पाठ्यक्रम लागु गरिनुपर्ने बिज्ञाप्तिमा जनाइएको छ।

    मागपत्र बुझाउदै विद्यार्थी संगठनका अध्यक्ष मिलन राइले मन्त्री पौडेललाई आफैले गरेको आन्दोलनको नेतृत्वमा जुन मुद्धा र मागलाई लिएर लड्नु भएको थियो अहिले तपाई शिक्षामन्त्री हुँदासम्म पनि जस्ताको त्यस्तै रहेको बताउदै गम्भीर  रुपमा लिन र पुरा गर्न तिर लाग्न अनुरोध गरेका छन् । मागपत्र बुझ्दै मन्त्री देविन्द्र पौडलले विद्यार्थीहरुले बुझाएको पत्रमा उल्लेखित केहि मागहरु अघी बढाईसकेको र अन्य मागहरुलाई पनि पुरा गर्ने गरी प्रक्रियागत रुपमा चाडो भन्दा चोडो अगाडी बढाउने प्रतिबद्धता गरेका छन् ।

    मागपत्र बुझाउन विद्यार्थी संगठनका उपाध्यक्ष बिरेन्द्र शाह सचिव नवराज भट्ट लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।

    यस्तो छ ज्ञापनपत्र ।

    FB_IMG_1659879471165.jpgFB_IMG_1659879473015.jpgFB_IMG_1659879475108.jpg

    images
    आइतवार, श्रावण २२ २०७९११:०३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार