Jul 27 2026 | २०८३, श्रावण ११ गते

आगामी वर्षबाट एसइइ परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने ।

आगामी वर्षबाट एसइइ परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने ।

  • 1.7K
    SHARES

  • आगामी वर्षबाट एसइइ परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने ।

    साउन, २५ काठमाडौ । शैक्षिक बर्ष २०७९/८० बाट माध्यमिक शिक्षा एसइइ (SEE) को परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसइइ परीक्षा प्रदेशगत रुपमा भएपनि प्रश्नपत्र र प्रमाणीकरणको काम भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने गरि नियमावली संशोधन गरिएको हो ।

    नियमावली अनुसार सबै प्रदेशमा एकै पटक वा छुट्टाछुट्टै रुपमा एसइइको परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । त्यसका लागि प्रत्येक प्रदेशले परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्नेछन् । यद्यपि प्रदेशको अधिकार कटौती गरेको भन्दै विज्ञले यो व्यवस्थाप्रति आपत्ति जनाएका छन् । तर परीक्षा सञ्चालनका लागि कतिपय प्रदेशमा भौतिक पुर्वाधार, प्राविधिक जनशक्ति, क्षमताको कमीका कारण एसइइमा नयाँ व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

    संघीयता कार्यान्वयनसँगै शिक्षा ऐन र नीतिमा एसइइ परीक्षा सञ्चालनदेखि प्रमाणीकरणको अधिकार प्रदेशलाई दिइएको छ । परीक्षा बोर्डले एकरुपता र स्तरको बहाना बनाएर परीक्षाको त्यो अधिकार कटौती गरेको हो ।  संघीयताको मर्म र कानून अनुसार एसइइको सबै अधिकार प्रदेशलाइ नै दिनुपर्ने विज्ञको बुझाइ छ । 

     

    images
    बुधवार, श्रावण २५ २०७९११:१३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार