Oct 02 2026 | २०८३, आश्विन १६ गते

विट्स एकेडेमी/कलेजद्वारा SEE विद्यार्थीलाई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न।

विट्स एकेडेमी/कलेजद्वारा SEE विद्यार्थीलाई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न।

  • 960
    SHARES

  • विट्स एकेडेमी/कलेजद्वारा SEE विद्यार्थीलाई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न।

    साउन, २९ काठमाडौ । काठमाडौ, बौद्ध, ६ स्थित विट्स (Wits) एकेडेमी स्कुल / कलेजद्वारा SEE विद्यार्थीको बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। एकेडेमिले एक कार्यक्रमका बिच SEE परीक्षा पास गरेका विद्यार्थीहरुलाइ सम्मान तथा बिदाइ गरेको हो।FB_IMG_1660457418313.jpg

    बिगत २४ बर्ष (२०५५ साल) देखि शिक्षण सिकाइ प्रक्रियामा अब्बल रुपमा प्रतिष्ठित विट्स एकेडेमी स्कुल / कलेजले १७औं बिदाइ तथा सम्मान कार्यक्रम गरेको जनाएको छ। बिदाइ कार्यक्रममा विद्यार्थीहरुलाइ टोकन अफ लभले सम्मान गरेको थियो।IMG-96bc8de1f74870b10dd39d85b940def9-V.jpg

    बिदाइ कार्यक्रममा सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी श्रेष्ठले गर्नुभयो। उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राई, विशेष अतिथी श्री म. बौद्ध श्रोत केन्द्र श्रोत ब्यक्ति यमनाथ चौलागाईं , शिक्षाविद् हरिभक्त श्रेष्ठ, कार्यकारी निर्देशक तथा संस्थापक श्याम श्रेष्ठ , एकेडेमीक डाइरेक्टर इ. मिलन श्रेष्ठ , काठमाडौ महानगर प्याब्सन अध्यक्ष तथा प्रिन्सिपल ज्ञानबहादुर श्रेष्ठ तथा अतिथि, हिमाल डेन्टल हस्पिटल मेनेजिङ डाइरेक्टर डा. राजेन्द्र प्रसाद भट्ट लगाएतको उपस्थिति रहेको थियो।IMG-49d214b39375d7580bd607d2b2a2bde8-V.jpg

    कार्यक्रममा शैक्षिकसत्र २०७८ मा जम्मा ३४ जना विद्यार्थी रहेकोमा ३३ जना विद्यार्थीहरुले ३ जिपिए भन्दा बढी ल्याएको मा ५ जना विद्यार्थीहरुले ३.५ देखि ३.७ जिपिए ल्याएको एकेडमिले जनाएको छ।IMG-720c892dee4ffe8abb68086dd35fffcb-V.jpg

    बिदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल तथा काठमाडौ महानगरका प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले विद्यार्थीहरुलाई आगामी भविष्यमा उत्प्रेरित गर्न सो कार्यक्रम गरेको बताउनु भयो। उहाँले SEE उत्तीर्ण गरेका विद्यार्थीहरु विट्स एकेडेमी मै पढेमा छात्रवृत्ति प्रदान गर्ने बताउनु भयो। प्रिन्सिपल श्रेष्ठले गुणस्तरीय शिक्षा, शिक्षण सिकाइकालागी आवश्यक पर्ने सुविधा सम्पन्न  ल्याब (साइन्स, कम्प्युटर, होटेल म्यानेजमेन्ट), भवन, प्रशस्त खेल मैदान, क्याफ्टेरिया, लगाएत र उत्कृष्ट शिक्षकहरुले अध्यायन अध्यापन गराइने भएकोले बिदाइ हुने विद्यार्थीहरुलाइ कक्षा ११ मा पनि विट्स एकेडेमि/कलेजमै पढ्न सुझाव दिनुभयो।IMG-03fc6d8be0c2e6e9187f3b3b72f4e7d8-V.jpgIMG-d3a54b8121b84bf6d317463d17967cc9-V.jpgसाइन्स ल्याब ।

    IMG-22e28138e50651c15b6e82b64b13223e-V.jpgकम्प्युटर ल्याब ।

    IMG-363190081e3e0c071da1b562e98b8a95-V.jpgIMG-5504aa28f582557d725aa9c2792d33a7-V.jpgहोटेल म्यानेजमेन्ट ल्याब ।

    IMG-20952c553ffd70cb11e926edbce7110f-V.jpgIMG-78d84e8efdcf9cf78d4f7f61d8bef100-V.jpg

    images
    आइतवार, श्रावण २९ २०७९०३:३८:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार