बुधवार, भाद्र १ २०७९
भदौ, १ काठमाडौ । शिक्षा ,बिज्ञान तथा प्राविधि मन्त्रालय शिक्षा तथा मानवस्रोत बिकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राबिधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा सबै शिक्षा बिकास तथा समन्वय इकाईहरुलाई सूचना जारी गरेको छ।
आर्थिक बर्ष २०७९/०८० बेरुजु फछ्र्यौटका लागि बिद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिबेदन तयारीका लागि प्राबिधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरकफरक कार्य सम्पन्न गर्न अनुरोध गरेको हो।
कार्यसम्पादन प्रतिबेदन सम्पन्न गर्नका लागि सम्बन्धित प्राविधिकले गर्नुपर्ने कार्यहरूमा विभिन्न पाँच बुँदे कार्यसम्पन्न गर्नुपर्ने जनाएको छ। साथै शिक्षा बिकास तथा समन्वय इकाइसँग सम्बन्धित कार्य अन्तर्गत विभिन्न चार बुँदा र कार्यसम्पन्न प्रतिबेदन तयार भइसकेपछि परामर्शदातालाई सम्बन्धित शिक्षा बिकास तथा समन्वय इकाइबाट गरिने भुक्तानीको प्रक्रिया सम्बन्धमा तीन बुँदे कार्यविधि उल्लेख गरिएको हो।