बिहिवार, भाद्र २ २०७९
भदौं, २ काठमाडौ । सामुदायिक बिद्यालय कर्मचारीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुख्य गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै केन्द्रको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले जनाएको छ ।
यसअघि कर्मचारी परिषद्ले शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी भदौ १ गते ११ बजेदेखी ४ बजे सम्म धर्ना दिएका थिए।