Jul 27 2026 | २०८३, श्रावण ११ गते

भदौ १२ देखि १८ सम्म बिद्यालय बन्दगर्ने घोषणा । (बिज्ञप्ति सहित)

भदौ १२ देखि १८ सम्म बिद्यालय बन्दगर्ने घोषणा । (बिज्ञप्ति सहित)

  • 33.6K
    SHARES

  • भदौ १२ देखि १८ सम्म बिद्यालय बन्दगर्ने घोषणा । (बिज्ञप्ति सहित)

    भदौ, ६ काठमाडौ । सेवा सुविधा वृद्धिको माग राख्दै भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीले भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीले एक बिज्ञप्ति जारी गर्दै बिध्यालय बन्द गर्ने घोषणा गरेको हो।

    बिज्ञप्ति अनुसार नेपाल बिद्यालय कर्मचारी परिषदको २०७९/०४/२० गतेको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर भइरहेको जनाउदै मिति २०७९ भदौ ४ गते पद्मोदय मावी काठमाडौमा बसेको बैठकले भदौ १२ देखि १८ सम्म एक हप्ता बिद्यालय बन्द गर्ने घोषणा गरेको बताइएको छ। त्यसैगरी बिज्ञप्तिमा घोषणा भएअनुसार भदौ ९ गते खुल्ला र्याली, भदौ १०, र ११ सम्म डिजिटल आन्दोलन र भदौ १९ गते काठमाडौमा विशाल र्‍यालीको आयोजना गर्ने घोषणा गरेको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1661133159102.jpg

    images
    सोमवार, भाद्र ६ २०७९०७:५०:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार