Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा ११ का २७४ जना विद्यार्थीले पाए पुर्ण छात्रवृत्ति ।

कक्षा ११ का २७४ जना विद्यार्थीले पाए पुर्ण छात्रवृत्ति ।

  • 727
    SHARES

  • कक्षा ११ का २७४ जना विद्यार्थीले पाए पुर्ण छात्रवृत्ति ।

    भदौ,९ चितवन । भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २७४ जना विद्यार्थीहलाई छात्रवृत्ति वितरण गरेको छ । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनौट गरेको हो ।

    आज एक औपचारिक कार्यक्रमका बिचमा भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको भन्दै विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रुपमा कक्षा ११ मा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । 

    मेयर दाहलले छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गर्दै गरिबी तथा विपन्नकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागेको बताउनुभयो। उहाँले अल्पसंख्यक, सिमान्तकृत समुदायका लागि, उच्च शिक्षाका लागि समेत छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । मेयर दाहालले भरतपुरबाट दक्ष जनशक्ति तयार गर्न शिक्षामा लगानी बढाएको र जहेन्दार विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो।

    महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यार्थी छनौट गरिएको बताइएको छ। शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार ३१ वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ। जसमध्ये विज्ञानतर्फ १ सय ६३ जना छन् भने १ सय ११ जना अन्य विषय पढ्नेहरु छन् । जेहेन्दारतर्फ १ सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलित तफए १७ जना, अपाङता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्ततीतर्फ ५ जना, शहिदका सन्ततीतर्फ ३ जनाले छात्रवृत्ति पाएका छन् । एसईई सामुदायिक विद्यालयबाट दिएका १ सय ४९ जना र संस्थागत विद्यालयका १ सय २५ जना छनौटमा परेका छन् ।

    महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य ५ प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।

     

    images
    बिहिवार, भाद्र ९ २०७९०८:३९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार