Jul 27 2026 | २०८३, श्रावण ११ गते

एड-मार्क कलेजद्वारा विद्यार्थीको बिदाइ, सम्मान तथा तिज बिशेष कार्यक्रम सम्पन्न।

एड-मार्क कलेजद्वारा विद्यार्थीको बिदाइ, सम्मान तथा तिज बिशेष कार्यक्रम सम्पन्न।

  • 720
    SHARES

  • एड-मार्क कलेजद्वारा विद्यार्थीको बिदाइ, सम्मान तथा तिज बिशेष कार्यक्रम सम्पन्न।

    20220826_165140.jpgभदौ, ११ काठमाडौ । एड-मार्क कलेजद्वारा विद्यार्थीहरुको बिदाइ तथा आउदै गरेको सांस्कृतिक पर्वको अवसरमा तिज कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ। कलेजमा स्नातक तह अध्यायन अध्यापन गरि पास आउट भएका विद्यार्थीहरुलाइ बिदाइ तथा आउदै गरेको तिज पर्वको अवसरमा उक्त कार्यक्रम गरेको हो।20220826_183117.jpg

    बिबिएस र बिएड चौथो बर्ष अध्यायन गरिरहेका विद्यार्थीहरुको आयोजनामा कलंकिको शिखर पार्टि प्यालेसमा विभिन्न सांगीतिक नृत्य र गायन कार्यक्रम आयोजना गर्दै कलेज बाट पास भएर गएका विद्यार्थीहरुलाइ बिदाइ गरिएको छ।20220826_170041.jpg

    उक्त कार्यक्रममा कलेजका अध्यक्ष पुरुसोत्तम अधिकारी, प्रीन्सिपल शिवराज अधिकारी लगाएत शिक्षक कर्मचारिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रीन्सिपल शिवराज अधिकारीले स्वागत मन्तव्य दिनुभयो । उहाँले विद्यार्थीहरुको आगामी भविष्य उज्ज्वल रहोस भन्दै निरन्तर मिहेनतले मानिसहरु गन्तब्यमा पुग्न सक्ने धारणा राख्नु भयो। उहाँले आउदै गरेको साँस्कृतिक पर्व तिज तिजको शुभकामना व्यक्त गर्नुभयो।20220826_172156.jpg

    कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रमुख अतिथी पुरुसोत्तम अधिकारीले कलेज अध्यायन सकेर बिदाइ हुने विद्यार्थीहरुलाइ निरन्तर प्रगतिपथमा लम्किरहन शुभकामना दिनुभयो। साथै उहाँले हिन्दू माहिलाहरुको मौलिक तथा साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा समेत शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा कलेजबाट बिदाइ हुने विद्यार्थीहरुको प्रतिनिधि सुजाता तिमिल्सिना ले धन्यवाद ग्यापन सहित मन्तव्य दिइन। उनले आफू अध्यायन गरेको कलेज बाट यसरी सम्मान सहित बिदाइ हुन पाउँदा खुसी लागेको बताउदै करियर बिकासको लागि एडमार्क कलेज अब्बल रहेको बताइन। उनले जहाँ पुगेपनी एडमार्क कलेजलाइ सम्झिरहने बताइन।20220826_165803.jpg

    कार्यक्रममा बिदाइ हुने विद्यार्थीहरुलाइ कलेजले मायाको चिनो समेत प्रदान गरेको थियो । त्यसै गरि तिजको अवसरमा स्कुलमा पढाउने महिला शिक्षक र विद्यार्थीहरुलाइ तिजको दर खाने ब्यबस्था गरेको थियो।20220826_170801.jpg20220826_171258.jpg20220826_171348.jpg20220826_183503.jpg20220826_183117.jpg20220826_172928.jpg20220826_175445.jpg20220826_171737.jpg

     

    images
    शनिवार, भाद्र ११ २०७९०९:०७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार