मंगलवार, भाद्र १४ २०७९
भदौ, १४ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कुनै प्राबिधिक समस्या नआए कक्षा१२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने बताएको छ। बोर्डले साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बोर्ड सदस्यले बताए ।
परीक्षा नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले आज दिउसो ३ बजे पछि बजे बोर्ड बैठक बाेलाएको छ । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए । राष्ट्रिय परिक्षा बोर्डले गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।