शुक्रवार, भाद्र १७ २०७९
भदौ, १७ काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परिक्षामा देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा जम्मा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । प्रारम्भिक सुचना अनुसार कक्षा १२ मा ४८% विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ।
राष्ट्रिय परिक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।
नतिजा हेर्न राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np बाट नतिजा हेर्न सक्नुहुनेछ । त्यसैगरी SMS सेवाद्वारा नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB Symbol No. टाईप गरी १६०० मा SMS गर्ने र IVR सेवा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।
