बुधवार, भाद्र २२ २०७९
भदौ,२२ काठमाण्डौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) शैक्षिक सत्र २०७९ / ०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रमहरूको पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षा सञ्चालनका लागि आवेदन फाराम खुला गरेको छ।
परिषदले एक सूचना जारी गर्दै डिप्लोमा/ प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति बितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम पुर्ण शुल्किय तर्फ स्वीकृत कार्यक्रममा विद्यार्थी छनोट गर्न आवेदन आह्वान गरेको हो।
फारम मिति २०७९ असोज ०५ गते भित्र भर्न सकिने छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेश कार्यालयले प्रि-डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९ ०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्येबाट प्रवेश परीक्षा परीक्षा सञ्चालन गरी नामावली प्रकाशन गरेको हो ।
