बुधवार, भाद्र २२ २०७९
भदौ, २२ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा जम्म ४८% विद्यार्थी उत्तीर्ण भएका छन। देशैभरी उत्तीर्ण संख्या औसत भएपनी काठमाडौको महानगरपालिका वडा नं. १३ सोल्टीमोड स्थित एभरेस्ट इनोभेटिभ कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको छ।
जम्मा विद्यार्थी संख्या मध्य ९७% विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ। उक्त कलेजमा ३६५ जना विद्यार्थीहरुले परिक्षा दिएकोमा ११ जना A+ , १६१ जना A र १६३ जना B+ र अरु सबै विद्यार्थीहरुले B ग्रेड ल्याउन सफल भएक छन।
सुन्दर र शान्त बाताबरणमा शिक्षण सिकाइ क्रियाकलापमा अब्बल रहदै आएको उक्त कलेजमा दक्ष शिक्षक, सुबिधा सम्पन्न ल्याब र शैक्षिक गतिविधिको कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका CEO हरि प्रसाद काफ्लेले बताए। आधारभुत देखि बिश्वबिद्धालय तहसम्म पढाइ हुने उक्त कलेज काठमाडौको दक्षिण पश्चिम क्षेत्रमा उत्कृष्ट रहदै आएको छ।
काठमाडौं महानगर पालिका वडा नं. १३ को सोल्टीमोडमा सञ्चालित एभरेष्ट इनोभेटिभ कलेज (इ.आई. सी.) ले यही मिति २०७९ साल श्रावण ४ गते शनिवारका दिन कालिमाटी व्याङ्क्वेटमा सानदार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा ११ मा भर्ना भएका ४०० भन्दा बढी विद्यार्थीहरू र शिक्षक तथा कर्मचारीको भव्य उपस्थितिमा सु–सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कलेजका विज्ञान संयोजक श्री सुदर्शन श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व एभरेष्ट इनोभेटिभ एजुकेशन नेटवर्क प्रा.लि.का अध्यक्ष श्री शङ्कर प्रसाद दुलालले गर्नु भएको थियो ।
इ.आई.सी. ले गुणात्मक शिक्षा प्रदान गरी देशमा नै उत्कृष्ट कलेजको छवि बनाएको कुरा उल्लेख गर्दै व्यवस्थापन सङ्कायका संयोजक श्री गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नवआगन्तुक विद्यार्थीहरूको लागि सामूहिक गायन नृत्य तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । विगत २४ वर्षदेखि व्यवस्थापन, मानविकी, विज्ञान र आई.टी का क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल भएको एभरेष्ट इनोभेटिभ कलेजको गर्विलो इतिहास रहेको कुरा क्याम्पस प्रमुख श्री दिपक कुमार झाले बताउनु भयो ।
कक्षा १२ का तर्फबाट अनुशा अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै ई.आई.सी. शैक्षिक क्षेत्रको सर्वोत्कृष्ट गन्तव्य भएको कुरा बताएकी थिइन भने कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको तर्फबाट जुवलिन सापकोटाले असल र सफल विद्यार्थीले छान्नु पर्ने कलेज ई.आई. सी. नै भएको पनि वताएकी थिइन ।
उच्च नैतिक आचरण र अनुशासनमा अब्बल मानिएको ई. आई. सी. मा अध्ययन गर्दा विद्यार्थीहरूले पालना गर्नु पर्ने अनुशासनका विविध पक्षहरू बारे विस्तृत रुपमा प्रकाश पार्दै क्यामपसका प्रशासन प्रमुख श्री राम प्रसाद पौडेलले अनुशासित वातावरणमा मात्रै गुणात्मक शिक्षा सम्भव हुने कुरा बनाउनु भयो । उत्कृष्ट व्यवस्थापन प्रणाली र आत्मअनुशासनमा जोड दिएको कारणले नै ई. आई.सी. नेपालको उत्कृष्ट कलेज बनेको कुरा समेत उहाँले प्रस्ट पार्नु भयो ।
ई.आई.सी. ले शैक्षिक–प्राज्ञिक क्षेत्रमा राष्ट्रिय परीक्षा वोर्ड तथा त्रि.वि.ले लिएका परीक्षाहरूमा पटक–पटक उत्कृष्ट नतिजा ल्याउन सफल हुनका पछाडि यसको प्रभावकारी पठन–पाठन, मनोवैज्ञानिक परामर्श र वैयक्तिक अभिप्रेरणाले काम गरेको कुरा कलेजका CEO हरि प्रसाद काफ्लेले बताउनु भयो ।
उक्त कार्यक्रममा कलेजका भौतिक शास्त्रका शिक्षक श्री युवराज आचार्य र नेपाली विषयका शिक्षक श्री अमर लिम्बूले कविता र गजल बाचन गर्नु भएको थियो भने कलेजका कर्मचारीहरू श्री सुनिल नेपाली र यस राज नेपालीले समेत आफ्नो गायन कला प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका सभापति तथा नेटवर्कका अध्यक्ष श्री शङ्कर प्रसाद दुलालले समग्र संस्थाको हालसम्मको उपलब्धी उत्साहपूर्ण रहेको बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।